आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

काबुल विमानस्थलबाहिर ठूलो विस्फोट,विस्तृत विवरण आउँन बाँकी

गोकर्णेश्वर खबर१० भाद्र २०७८, बिहीबार २१:१४ मा प्रकाशित (२ साल अघि) १८४ पाठक संख्या

काठमाडौं । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौंको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ।

अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौं मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिएको बताइएको छ।

विमानस्थलमा एशियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुनसक्ने अनुमान गरिएको छ। पेन्टागनका प्रवक्ता जोन कर्बीले भने, ‘काबुल विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ। यतिबेला विस्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन। थप विवरण प्राप्त हुनासाथ दिइनेछ।’

आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन्। रासस