आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, पक्षमा ४२, १ तटस्थ

गोकर्णेश्वर खबर७ भाद्र २०७८, सोमबार १८:२३ मा प्रकाशित (२ साल अघि) ११७ पाठक संख्या

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार दिउँसो भएको मतदानमा उनको पक्षमा ४२ मत परेको छ।

लुम्बिनी प्रदेशमा रहेका ८० सांसदमा विश्वासको मतका लागि डाकिएको बैठकमा ४३ जना उपस्थित भएका थिए। जसमध्ये केसीको पक्षमा ४२ मत र एमालेले बहिष्कार गरेकाले विपक्षमा शून्य मत खसेको छ। तटस्थमा एकजना सांसद उभिएका छन्।

केसी साउन २८ गते लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

रोल्पाको निर्वाचन क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनले सोमबार विश्वासको मत लिएका हुन् ।

एमालेले बहिस्कार गरेको आजको मतदानमा सभामुख बाहेक ४३ सांसद उपस्थित थिए। विपक्षी आजै तेस्रो पटक बसेको प्रदेश सभाको बैठकमा केसीले विश्वासको मत लिएका हुन्।

आज बसेको पहिलो बैठक एमालेका सांसदहरुले रोस्ट्रम घेरेर अवरुद्ध पारेका थिए। दोस्रो बैठकमा केही विधेयकहरु पेश भएका थिए । दोस्रो बैठक पनि विपक्षीहरुले बहिस्कार गरेका थिए।

प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कुलप्रसाद केसीले कोभिड नियन्त्रण आफ्नो मुख्य प्राथमिकता रहेको बताएका थिए। उनले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको बताएका थिए।