आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शवसँगै १६ अस्तु काठमाडौं ल्याइयो

गोकर्णेश्वर खबर५ भाद्र २०७८, शनिबार १७:४३ मा प्रकाशित (३ साल अघि) ५१८ पाठक संख्या

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका ८ जना नेपालीको शव शनिबार काठमाडौं ल्याइएको छ ।

मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएर त्यहीँ अड्किएका नेपालीहरुको शव नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौं ल्याइएको हो।

ती ८ वटा नेपालीको शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

ती शवहरूलाई शनिबार नै अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ। यसअघि पनि मलेसियाबाट पटक पटक गरेर करिब ५० शव नेपाल ल्याइसकिएको छ।