आज: १ जेष्ठ २०८२, बुधबार | Wed, 14, May, 2025

अमेरिकी सेनाले अफगानिस्तानबाट कुवेत लगेका ११८ नेपाली र ९ भारतीय काठमाडौं आइपुगे

गोकर्णेश्वर खबर१ भाद्र २०७८, मंगलवार १२:१४ मा प्रकाशित (३ साल अघि) १५१ पाठक संख्या

काठमाडौं । अफगानिस्तानबाट ११८ जना नेपाली काठमाडौं आइपुगेका छन्।

अमेरिकी सेनाले अफगानिस्तानबाट कुवेत लगेका नेपाली र केही भारतीयलाई स्वदेश फर्काइदिएको हो। उनीहरु जजिरा एयरलाइन्सबाट काठमाडौं आएका हुन्।

भारतीय नागरिकलाई भने नेपाल हुँदै दिल्ली पठाइनेछ।

कुवेतबाट काठमाडौंसम्म आउने व्यवस्था पनि अमेरिकी सेनाले नै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए।

उनीहरुलाई नेपाली सेनाले सामाखुसीमा बनाएको क्वारेन्टिनमा लगिएको छ। अब त्यहाँ एन्टिजेन परीक्षण गरेर मात्रै क्वारेन्टिनमा राख्ने वा घर पठाउने निर्णय हुनेछ।

उनीहरुलाई घरसम्म पठाउने व्यवस्थान पनि सरकारले नै गर्ने भएको छ।