आज: २४ बैशाख २०८२, बुधबार | Wed, 07, May, 2025

काबुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलायो, २ को मृत्यु

गोकर्णेश्वर खबर३२ श्रावण २०७८, सोमबार १४:५७ मा प्रकाशित (३ साल अघि) २१७ पाठक संख्या

काठमाडौं । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको काबुल विमानस्थलमा भीड लागेको छ।

भीड नियन्त्रणमा लिन अमेरिकी सेनाले गोली चलाउँदा दुई जना सर्वसाधारणको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

अफगान छोड्न चाहनेहरुको भीड काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको छ। सोमबार बिहान भीड तितरबितर पार्न हवाइ फायर गरेको बताइएको छ।

रोयटर्सले अरु धेरै जनाको मृत्यु भएको उल्लेख गरेको छ। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार कम्तीमा पनि पाँच जनाको शव भेटिएको छ।

उनीहरुलाई गोली हानिएको वा अन्य केही कारणले मृत्यु भएको अस्पष्ट रहेको बीबीसीले जनाएको छ।