आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

पहिरोले कर्णाली नदी थुनिने खतरा,सर्तकता अपनाउन प्रशासनले आग्रह

गोकर्णेश्वर खबर३१ श्रावण २०७८, आईतवार २१:०८ मा प्रकाशित (२ साल अघि) २८८ पाठक संख्या

धनगढी । बाजुरामा पहिरो गएपछि कर्णाली नदी थुनिने खतरा बढेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आइतबार साँझ जिल्लाको स्वामिकातिक खापर गाउँपालिका–२ को छुदरीस्थित कर्णाली नदीमा माथिबाट सुख्खा पहिरो आएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनजीत महराले बताए ।

‘सुख्खा पहिरो आएका कारण हामीले महाकाली नदी थुनिने आशंकामा आसपासका बासिन्दालाई सर्तकता अपनाउन अपील गरेका छौं,’ डीएसपी महराले भने । पहिलो साँझ करीब साढे पाँच बजेको समयमा गएको प्रहरीले जनाएको छ । तर अहिले नदी थुनिएको अवस्था भने छैन ।

पहिरो गएको क्षेत्र नजिकै मानव बस्ती नभए पनि नदी थुनिएपछि क्षति हुनसक्ने भएकाले सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।