आज: २० बैशाख २०८२, शनिबार | Sat, 03, May, 2025

सडक किनारमा सुतिरहेका मजदुरलाई ट्रकले किच्दा ८ जनाको मृत्यु

गोकर्णेश्वर खबर२५ श्रावण २०७८, सोमबार १०:२० मा प्रकाशित (३ साल अघि) २३७ पाठक संख्या

काठमाडौं । भारतको गुजरातमा सोमबार सडक किनारामा सुतिरहेका मजदुरलाई ट्रकले किच्दा ८ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहानै ३ बजे तीव्र गतिको ट्रकले सडक किनारामा सुतिरहेका मजदुरलाई किचेको हो।

सूचना पाउनासाथ प्रहरीले ट्रक तथा चालकलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान थालेको छ।

मुख्यमन्त्री विजय रुपाणीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई ४÷४ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।