आज: १ जेष्ठ २०८२, बुधबार | Wed, 14, May, 2025

विद्यार्थीको भविष्यमा असर नपर्नेगरी निर्णय गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

गोकर्णेश्वर खबर२३ श्रावण २०७८, शनिबार १२:५३ मा प्रकाशित (३ साल अघि) २३० पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परीक्षाका सन्दर्भमा विद्यार्थीको भविष्य र स्वास्थ्य दुवैमा असर नपर्नेगरी सरकारले निर्णय गर्ने आश्वासन दिएका छन्।

शुक्रबार आफूहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले विद्यार्थीको स्वास्थ्य र भविष्य दुवै सुरक्षित हुनेगरी निर्णय गर्ने विश्वास दिलाएको नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले शनिबार बिहान जानकारी दिएका हुन्।

‘हिजो प्रधानमन्त्रीज्यूसँगको भेटमा अन्य कुरासँगै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन, विद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं,’ थापाले भनेका छन्, ‘प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाउनुभएको छ।’