आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

एनआरएनए चेक गणतन्त्रको उपाध्यक्षमा लामा,नेपालीहरुको पीडामा मलम लगाउनु पहिलो प्राथमिकता

गोकर्णेश्वर खबर१९ श्रावण २०७८, मंगलवार २३:०६ मा प्रकाशित (२ साल अघि) ५९४ पाठक संख्या

काठमाडौं । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए)चेक गणतन्त्रको छैटौं महाधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । महाधिवेशनले अध्यक्षमा यदुराम पन्थी, उपाध्यक्ष अनिल लामा,महासचिव गिरिस कँडेल लगायत २३ सदस्यीय समितीको चयन गरेको हो ।

पंन्थी अध्यक्ष रहेको कार्यसमितिमा वरिस्ठ उपाध्यक्ष एन्जिला सिंह क्षेत्री, उपाध्यक्ष अनिल लामा, गोपाल बस्नेत, पूर्णबहादुर बोहोरा, महिला उपाध्यक्ष आर्जना खड्का, युवा उपाध्यक्ष रेम्बो जिसि, महासचिव गिरिस कँडेल, सचिव अर्जुन जैसी, गौरब आचर्य, बिष्णु बहादुर राइमाझी, सोनी डाँगी, कोषाध्यक्ष सुजन तिमल्सिना, सहकोषाध्यक्ष नबिन न्यौपाने रहेका छन् ।

त्यसैगरी युवा संयोजक सुजन देवकोटा, युवा सहसंयोजक दिलबहादुर बल, महिला संयोजक पबित्रा थापामगर चयन भएका छन् । कार्यसमितिका सदस्यहरु क्रमशः भेसम राज पराजुली, सुशील सुवेदी, विशाल फुयाल, बासु पन्त, दिनेश भण्डारी, केशवराज धिताल रहेका छन् ।

चेक रिपब्लिकमा नेपालीहरुले भोगेका पीडा र दुःखमा मलम लगाउनुका साथै पीडितहरुलाई उद्धार गर्ने कार्य  नवगठित कार्यसमितिको पहिलो प्राथमिकतामा रहेको उपाध्यक्ष अनिल लामाले जानकारी दिए ।’ चेक रिपब्लिकमा पनि नेपालीहरुका अनेक पीडाहरु छन् ।कानूनीकुराहरुदेखि यावत समस्याबाट पिल्सीरहेका नेपाली दाजुभाई,दिदिबहिनीहरु हुनुहुन्छ । उहाँहरुलाई कसरी सहयोग तथा उद्धार गर्न सकिन्छ भन्नेबारे हाम्रो समितीले अग्रसरता देखाउने छ’ उनले भने ‘यो जुझारु टिम नेपालीहरुका पीडा तथा दुःखमा अन्देखा हुनेछैन् । हाम्रो प्रयासले भ्याएसम्म भिषामा देखा परेका समस्या हुन वा कानूनी अल्झनका कुराहरु हुन हामी समाधान कसरी गर्ने भन्नेमा केन्द्रित पक्कै हुनेछौं । त्यही प्रण र विश्वासका साथ हामीलाई जिम्मेवारी दिनुभएको छ । यो जिम्मेवारीलाई दत्तचित्त भएर पूरा गर्ने कोशिस गछौं ।’

उपाध्यक्ष लामाले नेपाली समुदायलाई एकीकृत गर्दै नेपालीको लागि नेपाली भन्ने एनआरएनएको मुल मन्त्रलाई सफल पार्ने विश्व व्यक्त गरे ।

एनआरएनए चेक गणतन्त्रको २ वर्षे कार्यकालका लागि यो समिती चयन भएको हो । यो समितीले सन् २०२१ देखी २०२३ सम्म आफ्नो कार्य सम्पादन गर्नेछ ।