आज: २७ बैशाख २०८२, शनिबार | Sat, 10, May, 2025

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

गोकर्णेश्वर खबर१५ श्रावण २०७८, शुक्रबार २०:४४ मा प्रकाशित (३ साल अघि) ७३८ पाठक संख्या

काठमाडौँ– गोकर्णेश्वर नगरपालिका–९ शंखडोलमा मिनी टाटाको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

शुक्रबार गोकर्णेश्वरको शंखडोलमा ट्रकले पैदल हिडिरहेका रामेछाप जिल्ला उमाकुण्ड ४ स्थायी घर भइ गोकर्णेश्वर ४ माकलबारी बस्ने वर्ष २८ को तेज बहादुर दमाईको बा ४ ख १०२२ नम्बरको मिनी टाटाले आज बिहान ठक्कर दिंदा उनको घटनास्थलमा मृत्यु भएको हो।

सिन्धुपाल्चोक जलविरे स्थायी घर भई हाल माकलबारी बस्ने वर्ष २४ वर्षीय चालक कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।