आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

आज थप २,७१४ जनामा कोरोना संक्रमण पुष्टि,२४ जनाको मृत्‍यु

गोकर्णेश्वर खबर७ श्रावण २०७८, बिहीबार १९:०३ मा प्रकाशित (२ साल अघि) २५९ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १२८८ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ । तीमध्ये ९ हजार ९६६१ जनाको मृत्यु भएको छ भने ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ५७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०५ जना कोरोना संक्रमित थपिएका छन् ।