आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

गोकर्णेश्वर ६ को इकाई सभापतिमा दीपक लामाको दावी

गोकर्णेश्वर खबर६ श्रावण २०७८, बुधबार ०८:२९ मा प्रकाशित (२ साल अघि) ९९० पाठक संख्या
५ साउन, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को इकाई सभापतिमा दीपक लामाले दावी गरेका छन् । उनले नेपाली कांग्रेस पार्टीमा आबद्ध भएर आफूले लामो समय देखि कार्यगर्दै आईरहेकोले गोकर्णेश्वर वडा नं. ६ को इकाई सभापतिमा दावी गरेको बताए । उनले वडा कमिटि पार्टी संगठनको मेरुदण्ड भएकोले संगठनलाई बलियो बनाउन बलियो नेतृत्व आवश्यक हुने बताए । आफूले स्थानीय स्तरमा पार्टी संगठनको हितमा लामो समय देखि काम गरेकोले पार्टीलाई बलियो बनाउन इकाई सभापतिमा दावी गरेको बताए ।
कलेज जीवनबाटै साधारण सदस्यता लिई राजनीतिक जीवन शुरु गरेका दिपक लामाले २०५१ सालमा तरुण दल पुर्नगठन पछि जोरपाटी गाविस तरुण दल इकाइ सचिवको रुपमा जिम्वेवारी निर्वाह गरेको, १२ औं र १३ औं महाअधिवेशनबाट बुथ प्रतिनिधि भई कार्य गरेको, २०५४ साल पछिका स्थानीय चुनावमा वडा संयोजकको भूमिका निर्वाह गरेको बताए ।
लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारलाई लाई विश्वास गर्ने लामाले आफूले स्थानीय स्तरमा निस्वार्थ रुपमा पार्टी संगठन र जनताको हितमा काम गरेकोले आफूले सभापतिको रुपमा पार्टीलाई वडास्तरमा बलियो बनाउने दावि गरे । योग्य व्यक्तिले नेतृत्व गरे पछि वडामा रहेका आम नेपाली कांग्रेसका नेता, कार्यकर्ता शुभेच्छुक सबैको सम्मान हुने र माथिल्ला तहमा प्रतिनिधित्व पनि मजबुत हुने लामाले बताए । उनले गोकर्णेश्वर ६ का नेपाली कांग्रेसका आम कार्यकर्ताहरुले सही र सक्षम नेतृत्व चाहेकाले आफूले उम्मेदवारी दिएको बताए । उनले आफूले राजनीतिका साथसाथै सामाजिक विकास तथा खेलकुदको क्षेत्रमा पनि क्रियाशिल भएर काम गरिरहेकोले आम युवावर्ग र आम नागरिकहरुको भावना बुझेर इकाई सभापतिमा दावी गरेको बताए । क्रियाशिलहरुले नेतृत्व छान्दा भिजनरी, समाजमा भिजेको, शुद्ध आचरण रहेको, निष्कलङ्क र जस्तोसुकै समस्याको सामना गर्नसक्ने गर्न सक्ने योग्य व्यक्ति छान्ने भएकोले क्रियाशिल सदस्यको मतको बलले नै आफूले सभापतिमा जित्ने विश्वास व्यक्त गरे ।
दीपक लामा तीनचुली तामाङ भज्यू गुठीका पूर्व अध्यक्ष हुन् भनें हाल जोरपाटी फूटवल क्लबका अध्यक्ष र जोरपाटी व्याटमिण्टन क्लबका पनि अध्यक्ष हुन् । उनको नेतृत्वमा जोरपाटी व्याटमिण्टन क्लबको आफ्नै कभर्ड हल बनेको छ । लामा जम्बुगाङ संरक्षण समितिको कोषाध्यक्ष रहेका छन् । जम्बुगाङ संरक्षण समितिको सक्रियतामा जम्बुगाङ (जम्बुडाँडा) को धेरै विकास भएको देख्न सकिन्छ। कोरोना कहरको कठिन समयमा उनले गोकर्णेश्वर नगरपालिकामा स्वयंसेवक परिचालन समितिको संयोजक भएर नागरिकको सेवामा अहोरात्र खटिएका थिएँ।
लामाको नेतृत्वमा जोरपाटी फुटबल तथा ब्याडमिन्टन क्लबले उच्चस्तरीय फुटबल तथा ब्याडमिन्टन प्रतियोगिताको आयोजना भएका छन् । क्लबले पोखरा हेटौंडा लगायत विभिन्न स्थानका राष्ट्रिय स्तरका खुल्ला तथा भेट्रान प्रतियोगिताहरुमा भाग लिएर उपाधि हासिल गरिसकेका छन् । तत्कालीन समयमा प्रमुख खेलाडीको रुपमा जोरपाटी गाविसको प्रतिनिधित्व गर्दै काठमाडौं उपत्यकाव्यापी प्रतियोगिताहरु गणेशमान स्मृति फुटबल प्रतियोगिता र पुष्पलाल स्मृति प्रतियोगिताहरुमा जोरपाटीको नाम उच्च राख्दै प्रथम स्थान हासिल गर्नुभएको भएको थियो ।