आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

एमाले संसदीय दलको बैठकमा पनि नेपाल समूह अनुपस्थित

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार १८:०० मा प्रकाशित (२ साल अघि) ७०२ पाठक संख्या

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

सत्ताबाट ओली बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो । आइतबार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।