आज: २८ बैशाख २०८२, आईतवार | Sun, 11, May, 2025

प्रचण्डका साथ विप्लव पुगे माधव नेपाल निवास

गोकर्णेश्वर खबर३१ असार २०७८, बिहीबार १६:३६ मा प्रकाशित (३ साल अघि) १९० पाठक संख्या

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एकसाथ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवुकमार नेपालसँग भेटवार्ता गरेका छन्।

प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालका अनुसार एमाले वरिष्ठ नेता नेपालको निवास (कोटेश्वर) मा बिहीबार बिहान नेताहरूबीच भेटवार्ता भएको हो।

हिजो बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास (खुमलटार) पुगेका विप्लवले आज पुनः प्रचण्ड र माधव नेपालसँग कोटेश्वरमा एकसाथ भेटवार्ता गरेका हुन्।

भेटवार्तामा विप्लवले हिजोजस्तै साथमा आफ्ना नेता धर्मेन्द्र बाँस्तोला पनि लगेका छन्।

ओली सरकारसँग तीनबुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले ओली सत्ताच्युत हुनासाथ अन्य कम्युनिस्ट नेतासँगको भेटवार्तालाई तीव्रता दिइरहेका छन्।