आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप भोलिदेखि लगाइने, यी उमेर समूहले पाउने (सूचीसहित)

गोकर्णेश्वर खबर२८ असार २०७८, सोमबार २०:०७ मा प्रकाशित (२ साल अघि) १२३९ पाठक संख्या

काठमाडौं । चीनबाट भेरोसेल र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन खोप आइपुगे लगत्तै सरकारले भोलीदेखि देशभर लगाइने भएको छ । असार २९ गते भोलिदेखि खोप अभियान संचालन गर्ने घोषणा गरेको हो ।

सोमबार स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि दुबै खोप लगाइन सुरु गर्ने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकाले लगाउन पाउनेछन् भने, जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले लगाउन पाउने बताइएको छ ।

भेरोसेल ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लागइनेछ ।

मन्त्रालयका अनुसार जोन्सन एन्ड जोन्सन चाहिँ ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशंक अपांग भएकालाई, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मीलाई लगाइने भएको हो । मन्त्रालयले खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान आग्रह गरेको छ ।