आज: २६ बैशाख २०८२, शुक्रबार | Fri, 09, May, 2025

ओली र नेपाल पक्षबीच १० बुँदे सहमति

गोकर्णेश्वर खबर२७ असार २०७८, आईतवार २२:५१ मा प्रकाशित (३ साल अघि) ३०२ पाठक संख्या

काठमाडौं । सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।
बिहान साढे ९ बजेदेखि जारी बैठक केहीबेरअघि सकिएको छ।

१० बुँदे सहमितमा नेपाल पक्षले राखेका सबै माग पुरा भएका छन्।

यद्यपि यो सहमति कार्यदलस्तरको मात्रै हो। कार्यदलका सदस्यहरुले भोलि बिहान सहमतिपत्र अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाललाई बुझाउनेछन्।