आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

चट्याङले लागेर ३ जनाको मृत्यु, ४ घाइते

गोकर्णेश्वर खबर१५ असार २०७८, मंगलवार ११:२५ मा प्रकाशित (३ साल अघि) ५९५ पाठक संख्या

काठमाडौं । पर्सामा आज (मंगलबार) बिहान चट्याङले लागेर तीन जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) ओमप्रकाश खनालले दिएको जानकरीअनुसार चट्याङले लागेर जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–४ का ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ का २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ का ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो।

यस्तै देवरवानीमा चट्याङले लागेर ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

चट्याङ लागेर जिराभवानीमा पनि तीन जना सामान्य घाइते भएको डीएसपी खनालले जानकरी दिए।