आज: २९ बैशाख २०८२, सोमबार | Mon, 12, May, 2025

रामचन्द्र पौडेल पक्षको भेला दियालो फुडल्यान्डमा सुरु

गोकर्णेश्वर खबर११ असार २०७८, शुक्रबार १६:४२ मा प्रकाशित (३ साल अघि) ४९२ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न महाधिवेशन सन्दर्भमा आफूनिकट नेताहरुसँग छलफल गरिरहेका छन्।

बसुन्धरास्थित दियालो फुडल्याण्डमा शुक्रबार अपरान्ह भएको छलफलमा पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलबहादुर घर्ती, हृदयराम थानी, गगन थापा, प्रदीप पौडेल, धनबहादुर गुरुङ, कल्याण गुरुङ, बद्री पाण्डे, गुरु घिमिरे, जीवन परियार र कमला पन्त उपस्थित छन्।

कांग्रेसले आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने भएको छ।

सभापतिको उम्मेदवारी दाबी गरेका पौडेलले आफूपक्षीय नेताहरुसँग छलफल गरेर उम्मेदवारी घोषणाको तयारी गरिरहेका छन्।

वहालवाला सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा पुनः दाबी गर्ने तयारी गरिरहेका बेला पौडेलले अन्य नेताहरुको साथ जुटाएर चुनावी मैदानमा उत्रिन लागेका हुन्।