आज: २६ बैशाख २०८२, शुक्रबार | Fri, 09, May, 2025

कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन्- ‘प्रधानमन्त्रीको गलत काम सर्वोच्चले सच्यायो’

गोकर्णेश्वर खबर८ असार २०७८, मंगलवार १९:४३ मा प्रकाशित (३ साल अघि) ३०८ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई सच्याएको बताएका छन्।

प्रतिनिधिसभा विघटनपछि विस्तार भएको मन्त्रिपरिषद्विरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएपछि नेता पौडेलले यस्तो बताएका हुन्।

पौडेलले संसारमा चुनाव घोषणा गरेको प्रधानमन्त्रीले सरकार विस्तार गर्ने उदाहरण नभएको भन्दै सर्वोच्चको यो निर्णयले सकारात्मक सन्देश दिएको बताएका छन्।

‘संसारमा चुनाव घोषणा गरेको प्रधानमन्त्रीले सरकार विस्तार गर्ने उदाहरण कहीँ थिएन’, सर्वोच्चको अन्तरिम आदेशपछि पौडेलले भने, ‘प्रधानमन्त्री ओलीले संविधानविपरीत गरेको काम सच्याएर सर्वोच्चले संविधानको पक्षमा निर्णय गरेको छ। यो सकारात्मक शन्देश हो।’