आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

पछिल्लो २४ घण्टामा ४,४७२ जनामा कोरोना संक्रमण,थप ९२ जनाको मृत्यु

गोकर्णेश्वर खबर२४ जेष्ठ २०७८, सोमबार १८:२८ मा प्रकाशित (२ साल अघि) २४८ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएका १२ हजार २ वटा नमुनाको पीसीआर तथा ५ हजार ९०१ वटाको एन्टिजेन परीक्षणबाट ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु भएको भने ६ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा आजसम्म कोभिड–१९ बाट सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ र मृत्यु हुनेको संख्या ७ हजार ९९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।