आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घट्दो, २४ घण्टामा १ हजार ९३ जना थपिए

गोकर्णेश्वर खबर१६ जेष्ठ २०७८, आईतवार १७:१६ मा प्रकाशित (२ साल अघि) ३०३ पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८०४ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो केही दिन यता काठमाडौँ उपत्यकमा संक्रमितको संख्या घट्दो दरमा पाइएको छ ।