आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

काठमाडौँ उपत्यकामा थपिए १ हजार ४९३ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१२ जेष्ठ २०७८, बुधबार १७:१८ मा प्रकाशित (२ साल अघि) २८० पाठक संख्या

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १३९ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा २४१ जना कोरोना संक्रमित थपिएका हुन् ।