आज: ३० बैशाख २०८२, मंगलवार | Tue, 13, May, 2025

नेपालमा सिटामोलसहित यी २२ प्रकारका औषधिको अभाव

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार ०८:२३ मा प्रकाशित (३ साल अघि) ५११ पाठक संख्या

काठमाडौं– कोरोना भाइरसको महामारीले जनजीवन अस्तव्यस्त बनिरहेका बेला बजारमा अत्यावश्यक र जीवनरक्षक औषधिको अभाव देखिएको छ।

नेपाल औषधि व्यवसायी संघका अनुसार अहिले बजारमा २२ प्रकारका औषधिको अभाव छ।

बजारमा अहिले सिटामोल (प्यारासिटामोल)सहित २२ प्रकारका औषधिको अभाव रहेको औषधि व्यवसायी संघको झापा जिल्ला शाखाका अध्यक्ष गौतम गुप्ताले जानकारी दिएका छन्।

विशेष गरी पूर्वी नेपालका जिल्लामा औषधिको अभाव चुलिएको हो। सिटामोलसहितका केही औषधिको अभाव भने देशभर नै बढेको बताइएको छ।