आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि, गोकर्णेश्वर नगरपालिकाले तोक्यो दुई खोपकेन्द्र

गोकर्णेश्वर खबर२ जेष्ठ २०७८, आईतवार ०८:२७ मा प्रकाशित (३ साल अघि) ८५१ पाठक संख्या

काठमाडौं जेठ २ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आज (आइतबार)देखि लगाइँदै छ।
बिहान १० बजेदेखि निर्धारित केन्द्रबाट खोप लगाइने बताइएको छ।  खोप अभियानका लागि गोकर्णेश्वर नगरपालिकामा दुई केन्द्र तोकिएका छन।  गोकर्णेश्वर नगरपालिका वडा नं ६ को चामुण्डा माबी नारायणटार र  गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित नेपाल मेडिकल कलेज क्याम्पस भवनलाइ  खोप केन्द्र तोकिएको हो  ।

चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकले आजदेखि खोप लगाउन पाउनेछन्।

खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको छ।
खोप बिहान १० बजेदेखि साँझ ४ बजसम्म लगाइने छ।