आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

आइतबारका लागी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक,सभामुख नजाने

गोकर्णेश्वर खबर२४ बैशाख २०७८, शुक्रबार १८:२० मा प्रकाशित (२ साल अघि) ४५९ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक बोलाएका हुन् ।

तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जानकारी सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेतालाई दिइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा भने नजाने भएका छन् । ‘यो प्रक्रिया र अध्यादेशविरुद्ध उहाँ अदालत जानुभएको हो । मुद्दा विचाराधीन अवस्थामा भएकाले बैठकमा जानुहुन्न’, सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले भने ।