आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

‘एकल बहुमतको सरकार बनाउन मुख्यमन्त्री पोखरेलको राजीनामा’

गोकर्णेश्वर खबर१९ बैशाख २०७८, आईतवार १२:१२ मा प्रकाशित (४ साल अघि) २३५ पाठक संख्या

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन् । उनले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको स्रोतले बताएको छ ।

“नयाँ प्रक्रियाको लागि राजीनामा दिएको हो,” स्रोतले भन्यो, “पहिला संयुक्त सरकार थियो, एकल बहुमतको सरकार बनाउन राजीनामा दिइएको हो ।”

प्रदेशसभामा हाल कायम सदस्य संख्या ८१ मध्ये नेकपा (एमाले)को एकल बहुमत रहेको स्रोतले बतायो । “सत्ता छोड्नलाई होइन, सत्ता झन् मजबुत बनाउन राजीनामा दिएको हो,” स्रोतले भन्यो ।