आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

बालबालिकामा संक्रमण दर बढ्यो : ३५ सय बढी संक्रमित, १० जनाको मृत्यु

गोकर्णेश्वर खबर५ बैशाख २०७८, आईतवार २१:४७ मा प्रकाशित (३ साल अघि) ८९९ पाठक संख्या

नेपालमा कम उमेर समूहका बालबालिकामा संक्रमण दर ह्वात्तै बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या बढेसँगै बालबालिका पनि उच्च जोखिम बढेको मन्त्रालयका प्रा.डा. जागेश्वर गौतमले बताए । पछिल्लो समय संक्रमण बढेसँगै ३ हजार ५ सय ६५ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण १० जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । अघिल्लो पटक महामारी फैलँदा बालबालिका तुलनात्मक रुपमा खासै प्रभावित थिएनन् । पछिल्लो तीन हप्तायता कोरोना संक्रमणको नयाँ भेरिएन्टबाट शहरी क्षेत्रका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । राताेपाटी