आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

रूपन्देहीको आशिष पेट्रोल पम्पमा आगलागी,करिब १ लाख लिटर ईन्धन जलेर नष्ट

गोकर्णेश्वर खबर२९ चैत्र २०७७, आईतवार २२:४१ मा प्रकाशित (३ साल अघि) ६७८ पाठक संख्या

बुटवल – रूपन्देहीको गैंडहवा गाउँपालिकामा रहेको पेट्रोल पम्पमा आगलागी भएको छ। गैंडहवाको वडा नं ७ नन्दनगरस्थित आशिष पेट्रोल पम्पमा आईतवार साँझ आगलागी भएको हो।

ईलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी निरीक्षक हरि बहादुर खड्काका अनुसार स्थानीय राजकुमार चौधरीले सञ्चालन गर्दै आएको उक्त पम्पमा साँझ आठ बजे अचानक आगलागी भएको हो।

अहिले छिमेकी पालिकाबाट गएका दुई वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको उनले बताए। यद्यपि पेट्रोलपम्पको ट्याङ्कीमै आगलागी भएकोले नियन्त्रणमा लिन कठिनाई भएको बताईएको छ।

पम्प सञ्चालक राजकुमार चौधरीले पम्पको तेल भण्डारण गर्ने ट्याङ्की र ट्याङ्करमा समेत आगलागी भएको बताए।

आगलागीमा परी पम्प सञ्चालक राजकुमारका भाई हेमन्त चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि बुटवल पठाईएको प्रहरीले जनाएको छ।

चौधरीका अनुसार आगलागीबाट करिब १ लाख लिटर ईन्धन जलेर नष्ट भएको छ भने तेल बोकेर आएको ट्यांकर समेत जलेर नष्ट भएको छ।

आगो के कसरी लाग्यो भन्ने थाहा हुन नसकेको चौधरीले बताए।