आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

सरकारलाई दिएको समर्थन कायमै राखेर गम्भीर आरोप लगाउने प्रचण्डको लाजमर्दो राजनीति :कमल थापा

गोकर्णेश्वर खबर९ चैत्र २०७७, सोमबार २१:२९ मा प्रकाशित (४ साल अघि) ३२५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगाएको आरोपप्रति टिप्पणी गरेका छन् ।

सरकारलाई दिएको समर्थन कायमै राखेर गम्भीर आरोप लगाउने प्रचण्डको शैलीलाई थापाले ‘लाजमर्दो राजनीति’ को संज्ञा दिएका छन् ।

‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्रीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ, सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने लाजमर्दो राजनीति’

जातीय विभेद उन्मूलन दिवसको दिन आइतबार एक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्रीलाई विदेशीको अगाडि लम्पसार परेको आरोप लगाएका थिए ।