आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

आजबाट विधिवत रुपमा सुरु भयो होली,वसन्तपुरमा ठड्याइयो चीर

गोकर्णेश्वर खबर८ चैत्र २०७७, आईतवार २१:०२ मा प्रकाशित (४ साल अघि) ४७२ पाठक संख्या

काठमाडौं – रंगहरूको पर्व फागु अर्थात् होली आजदेखि विधिवत रुपमा सुरु भएको छ।

काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो।

बिहान ८ बजेर २६ मिनेटको साइतमा चीर ठड्याइएको छ। फागु पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ।

करिब ३० फिट अग्लो चीरलाई काठमाडौंका धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन छ। रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागु पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि फागु वा होली पर्व सकिने मान्यता छ।