आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

बलिदानी दिन तयार छौँ,तर सहिदहरुका सपना मर्न दिँदैनौ : विप्लव

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७७, शुक्रबार २०:५६ मा प्रकाशित (४ साल अघि) १९६ पाठक संख्या

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध भएको बताएका छन्।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा विप्लवले आफ्नो पार्टी सहमतिमा प्रतिबद्ध भएकाले आशंका नगर्न आग्रह गरे। नेपाली समाजको रुपान्तरण पूर्ण नभएको उनको भनाइ छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ ले सहिदको सपना पुरा गर्न आफूहरु बलिदानी दिन तयार रहेको बताए। आफूहरु बरु बलिदानी दिन तयार रहेको तर सहिदका सपना मर्न नदिने’ प्रतिवद्धता जाहेर गरे।