आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

रघुजी पन्तको अभिव्यक्ति विरुद्ध कोमल वली अदालत जाने

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार २०:५१ मा प्रकाशित (४ साल अघि) २८० पाठक संख्या

काठमाडौं – राष्ट्रिय सभाकी सांसद कोमल वलीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता रघुजी पन्तको अभिव्यक्ति विरुद्ध अदालत जाने बताएकी छन्।

आइतबार गृहजिल्ला दाङमा रहेकी वलीले मंगलबार काठमाडौँ आइपुग्ने र त्यसपछि कानुनी प्रक्रियामा जाने बताएकी हुन्। उनले त्यसका लागि अहिले आफू कानुनी परामशृमा जुटेको बताएकी छन्।

‘म अहिले दाङमा छु, कानुनी परामर्शमै छु’, वलीले भनिन्, ‘मंगलबार काठमाडौँ फर्कन्छु, त्यसपछि कानुनी प्रक्रियामा जान्छु।’

प्रचण्ड–नेपाल समूहका स्थायी समित सदस्य रघुजी पन्ज्तले लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेर सांसद बनेको बताएका थिए।

पन्तको त्यो भनाइको अहिले सर्वत्र विरोध भइरहेको छ।

गायिकासमेत रहेकी वलीले आफूले नेता मानेका पन्त कति निच रहेछन् भन्ने कुरा बल्ल खुलेको बताएकी छन्।