आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

सेफ सन्तोष काठमाडौं ओर्लीए,विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७७, बिहीबार २२:३६ मा प्रकाशित (४ साल अघि) ६१० पाठक संख्या

काठमाडौं – बीबीसी मास्टरसेफ प्रोफेसनल सिरिज २०२०’का उपविजेता सेफ सन्तोष साहलाई बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ।

सेफ साह प्रतियोगितामा उपविजेता बनेका थिए। उनले प्रतियोगिताभर नेपाली खाना प्रस्तुत गरेका थिए। उनले बनाएको कोदोको खीर, नेपाली गुन्द्रुक, भट्टमासलगायतका खानेकुरा आकर्षण बनेका थिए।

उनी बिहीबार बेलायतबाट स्वदेश फर्केका हुन्। त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्थाले उनलाई स्वागत गरेका हुन्।