आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

नेपालमा भाजपाको सरकार बनाउने भारतीय गृहमन्त्रीको अभिव्यक्तिले नेपालमा तरंग

गोकर्णेश्वर खबर३ फाल्गुन २०७७, सोमबार २०:५८ मा प्रकाशित (३ साल अघि) ५१७ पाठक संख्या

काठमाडौं – भारतका गृहमन्त्री तथा सत्तारुढ दल भाजपाका पूर्व अध्यक्ष अमित शाहले नेपालमा भाजपाको सरकार बनाउने दावी गरिएको छ।

भारतीय सञ्चार माध्यम इस्टमोजो डटकमले त्रिपुराका मुख्यमन्त्री बिल्वब कुमार देबको भनाई उद्धृत गर्दै शाहले नेपालमा भाजपाको सरकार बनाउने विषयमा योजना बनाइरहेको समाचार प्रकाशित गरेको छ।

समाचारअनुसार मुख्यमन्त्री देबले भनेका छन्, ‘अमित शाहले शनिवार रबींद्र सताबीरिकी भवनमा एक पार्टी कार्यक्रमका क्रममा छिमेकी श्रीलंका र नेपालमा बीजेपी सरकार स्थापित करने की योजना बनाई है।’

देबले भनेका छन्, ‘त्रिपुरा यात्राका क्रममा शाहले एक पार्टी कार्यक्रम भनेका छन्, ‘भारतका अधिकांश राज्यमा जितपछि छिमेकी देशमा पार्टी स्थापना गर्ने योजना बनाइरहेका छौं।’

देबले भने, ‘भाजापाका उत्तरपूर्वी जोनल सचिब अजय जम्वालले भाजापाले भारतका कैयौं राज्यमा सरकार बनाएको भनेपछि शाहले अब श्रीलंका र नेपाल बाँकी रहेको र हामीले श्रीलंका र नेपालमा पार्टीको विस्तार गर्नुपर्ने र त्यसका लागि त्यहाँ जित्नुपर्ने भनेका थिए।’

स्मरण रहोस नेपालमा अहिले संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको छ। र वैशाख १७ र २७ मा चुनाव हुँदैछ। उता सर्वोच्च अदालतमा पनि यो विषयमा बहस जारी छ।

यस्तो बेला छिमेकी भारतका सत्तारुढ दलका पूर्व अध्यक्ष तथा केन्द्रीय गृहमन्त्रीको यस्तो विवादास्पद भनाई सार्वजनिक उनकै पार्टीका नेताले गरेका हुन्। अमित शाह भारतीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री नरेन्द्र मोदीपछि दोस्रो वरियताका मन्त्री हुन्।