आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

केपीजी देख्नुभो सभा कस्तो हुँदोरहेछ : प्रचण्ड

गोकर्णेश्वर खबर२८ माघ २०७७, बुधबार २०:२१ मा प्रकाशित (३ साल अघि) ४०६ पाठक संख्या

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभा कस्तो हुँदोरहेछ देख्नुभयो भनेर प्रश्न गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले केही दिनअघि ओलीले सभा कस्तो हुन्छ देखाउने सन्दर्भको जवाफ दिँदै उनले भने, “केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ ?”

प्रचण्डले आजको सभामा करिब पाँच लाख मानिसको उपस्थिति रहेको एसएमएस आएको पनि बताए । आजको सभालाई सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि देखेको हुनुपर्ने उनले बताएका हुन् ।

“मलाई लाग्छ, आजको सभाले सम्मानित अदालतलाई सहज भएको छ । देश र जनताको पक्षमा फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ । हिजो सानो समूहले विद्रोह गर्दा के भयो ? अब नेपालमा ‘ग्रीन रिभोलुसन’ हुन्छ । यत्रो जनताको आवाजलाई नसुन्ने ? सानो समूहको कुरा सुन्ने हुनसक्छ ?”