आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

काठमाडौं उपत्यकामा थपिए ७२३ जना संक्रमित

गोकर्णेश्वर खबर१७ मंसिर २०७७, बुधबार १६:३७ मा प्रकाशित (३ साल अघि) ४८२ पाठक संख्या

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ७२३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ३९८ पुरुष र ३२५ महिला संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६६५०, भक्तपुरमा ५७५ र ललितपुरमा १४०४ जना सक्रिय संक्रमित छन्।

देशभर भने १४९० जना संक्रमित थपिएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ३०० वटा नमूना पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म मुलुकमा कुल १७ लाख ५४ हजार ६३०  वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ।

आज १५६७ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको मन्त्रालयले जनाएको छ।

मुलकमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ भने क्वारेन्टिनमा ६०५ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १५३८ पुगेको छ।