आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

काठमाडौं उपत्यकामा थपिए ५३० जना संक्रमित

गोकर्णेश्वर खबर१६ मंसिर २०७७, मंगलवार १६:३० मा प्रकाशित (३ साल अघि) २६६ पाठक संख्या

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ५३० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २९० पुरुष र २४० महिला संक्रमित थपिएका हुन्।

देशभर भने थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २३३४५२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा १६६३३ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।

मन्त्रालयका अनुसार आज २०७३ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म निको हुने कोरोना संक्रमितको संख्या २१६५९४ पुगेको छ। आज क्वारेन्टिनमा ६१६ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ८५८३ जनाको नमूना पीसीआर परीक्षण भएको छ। यससँगै हालसम्म मुलुकमा १७४६३३० जनाको पीसीआर परीक्षण भएको छ।