आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गतेका लागी बोलाइयो

गोकर्णेश्वर खबर१३ कार्तिक २०७७, बिहीबार १३:३१ मा प्रकाशित (४ साल अघि) ४२२ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।

कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।
बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ।

कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ।
कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको मिति सार्ने तयारी गरेको छ।