आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु

गोकर्णेश्वर खबर११ कार्तिक २०७७, मंगलवार १६:३९ मा प्रकाशित (३ साल अघि) २१९ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको छ ।

देशभर पछिल्लो २४ घन्टामा जम्मा ५ सय ७० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ५ सय ७० जनासहित देशभर संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । संक्रमितमध्ये १ लाख १८ हजार ८ सय ४३ जना निको भएर घर फर्किएका छन् ।