आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

युवा नेता दावा लामाद्वारा काठमाडौँ देखि भुम्लुसम्म नि:शुल्क बसको व्यवस्था

गोकर्णेश्वर खबर२ कार्तिक २०७७, आईतवार १६:१५ मा प्रकाशित (३ साल अघि) २२२९ पाठक संख्या

काभ्रे । नेपाल तरुण दलका जिल्ला अध्यक्ष तथा समाजसेवी युवा नेता दावा लामाले दशैमा काठमाडौँ  देखि भुम्लुसम्म नि:शुल्क बसको व्यवस्था गरेका छ।

भुम्लु गाउँपालिकाले बडा दशै २०७७ को पावन अबसरमा सम्पूर्ण भुम्लु गाउँपालिकाका जनताको लागि साथै काठमाडौंबाट भुम्लु जाने सबैलाई नि:स्शुल्क सबारी साधनको ब्यबस्था गरिएको हो।

कोरोना भाइरसको महामारीको कारणले गर्दा पर्याप्त मात्रामा सवारी साधन सन्चालनमा नभएको भन्दै नेता दावा लामाको बिशेष पहलमा सो अभियन सन्चालन गरेको स्रोतले जनाएको छ।

नेपालीहरूको महान चाड बडा दशैं जस्तो पर्वमा पनि जनताको लागि सवारी साधन आबश्यकता मात्रमा नभएको हुनाले थप सहयोगको लागि नेपाली कंग्रेस भुम्लु गाउँपालिकाले काठमाडौँ देखि भुम्लु सम्म नि शुल्क साधनको ब्यबस्थापन गरेको हुनाले भुम्लु जाने सबैले समयमा नै सम्पर्क गर्न नेता लामाले आग्रह गरेका छन् ।

निम्न मिति, समय र गते को दिन सबैलाई समयमा नै उपस्थित हुन सबैलाई जानकारी दिएका छन् ।