आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

नेपालमा पछिल्लो २४ घन्टामा ३,१६७ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१ कार्तिक २०७७, शनिबार १६:३३ मा प्रकाशित (३ साल अघि) ४६२ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम प्रभावकारी भएको छैन । पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । देशभर संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

संक्रमितमध्ये ८९ हजार ८ सय ४० जना निको भएर घर फर्किएका छन् भने ७ सय २७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।