आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २,१२९ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२७ आश्विन २०७७, मंगलवार १८:२८ मा प्रकाशित (३ साल अघि) ३२० पाठक संख्या

काठमाडौं । उपत्यकामा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घन्टामा २ हजार १ सय २९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा थपिएका संक्रमितमा लक्षण देखिन थालेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार ७ सय ४६ जना, भक्तपुरमा १ सय ६७ जना र ललितपुरमा २ सय १६ जनासहित उपत्यकामा २ हजार १ सय २९ जना थपिएका छन् ।