आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

कोरोना संक्रमणका कारण नेपालमा एकैदिन २८ जनाको मृत्यु

गोकर्णेश्वर खबर२६ आश्विन २०७७, सोमबार ०७:१२ मा प्रकाशित (३ साल अघि) २४६ पाठक संख्या

कोरोना भाइरस संक्रमणका कारण नेपालमा आइतबार एकैदिन २८ जनाको मृत्यु भएको छ। संक्रमणबाट एकैदिन मृत्यु भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो।

आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २२ जनाको मात्रै मृत्यु भएको विवरण सार्वजनिक गरेको थियो। बाँकी ६ जनाको मृत्युको विवरण मन्त्रालयको नियमित पत्रकार सम्मेलनपछि प्राप्त भएको हो।

आइतबार काठमाडौंका ५, सुनसरी र रुपन्देहीका ४/४, चितवनका ३, भक्तपुर र बाँकेका २/२ जना तथा ललितपुर, काभ्रे सिन्धुपाल्चोक, नुवाकोट, सप्तरी,सुर्खेत, कैलाली र धनकुटाका एक/एक जनाको कोरोनाको कारण मृत्यु भएको छ।

ज्यान गुमाउनेमा १२ जना महिला छन्। बाँकी सबै पुरुष हुन्। उनीहरु ४० देखि ९८ वर्ष उमेर समूहका छन्।