आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १,४०९ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार १६:५० मा प्रकाशित (३ साल अघि) २६४ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १६ जना, भक्तपुरमा १ सय ३० जना र ललितपुरमा १ सय ६३ जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ४ सय ९ जनामा कोरोना संक्रमण भएको छ ।