आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय पुग्यो, पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार १६:३५ मा प्रकाशित (३ साल अघि) २०१ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय पुगेको छ । पछिल्लो २४ घन्टामा १० जनाको ज्यान गएको छ । संक्रमितको संख्या बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा १० जनाको ज्यान गएको जनाएको छ । ज्यान गुमाउनेको संख्या पनि ६ सय पुगेको छ ।