आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

दशैँ नजिकिएसँगै बजार अनुगमन तीव्र

गोकर्णेश्वर खबर२२ आश्विन २०७७, बिहीबार ०५:५७ मा प्रकाशित (३ साल अघि) ३९१ पाठक संख्या

भक्तपुर । दशैँ नजिकिएसँगै भक्तपुर नगरपालिकाले बजार अनुगमन तीव्र पारेको छ ।

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा बुधबार भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको हो । बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तुमा मिसावट गरिएको, म्याद गुज्रेका सामानमा नयाँ ट्याग राखेर बिक्री गरेको, म्याद गुज्रेको सामान बिक्रीमा राखेको र अखाद्य वस्तुहरुको बिक्री भएको गुनासो आएपछि नगरपालिकाले अनुगमनलाई तीब्र पारेको संयोजक गोराले जानकारी दिए ।

नगरपालिकाले आजसम्म लान्चाफल्चा, कमलविनायक, च्याम्हासिंहलगायतका क्षेत्रको २४ वटा पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामान बिक्री गरेको, खाद्य विभागको अनुज्ञापत्र नलिएको, खाद्य वस्तुमा अखाद्य वस्तु मिसाएको, दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको, ढक तराजु नवीकरण नगरेको तथा म्याद जुग्रेको सामान बिक्री गरेको पाइएको उनले जानकारी दिए ।

त्यस्ता पसलहरुबाट सामान जफत, अखाद्य र म्याद गुज्रेका सामान नष्ट गर्दै पसल नवीकरण गर्न, प्याकेजिड्ड सामानमा खाद्य विभागको अनुज्ञापत्र लिई लेवल राख्न, मूल्य सूची राख्न निर्देशन दिइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । रासस