आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

काठमाडौं उपत्यकामा १,५३१ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर१९ आश्विन २०७७, सोमबार १८:२२ मा प्रकाशित (३ साल अघि) २३८ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय ७८ जना, भक्तपुरमा १ सय ३ जना र ललितपुरमा २५० जनासहित उपत्यकामा १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण भएको छ ।