आज: २० बैशाख २०८२, शनिबार | Sat, 03, May, 2025

नेपालमा पहिलो पटक कोरोना संक्रमित डाक्टरको मृत्यु

गोकर्णेश्वर खबर१५ आश्विन २०७७, बिहीबार १७:४५ मा प्रकाशित (४ साल अघि) ४२१ पाठक संख्या

काठमाडौं- नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ।

कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो।

डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए।

५९ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।