आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

लायन्स क्लब इन्टरनेशनलद्वारा सिन्धुपाल्चोक बाह्रबिसेमा १७४ पहिरो पीडितलाई खाद्यान्न सहयोग ( भिडियो/फोटो सहित)

गोकर्णेश्वर खबर४ आश्विन २०७७, आईतवार १८:१९ मा प्रकाशित (३ साल अघि) ५४८ पाठक संख्या

बाह्रबिसे । लाइन्स क्लबस इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ ले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा ६ सखुवामा १७४ पहिरो पीडितलाई खाद्यान्न लगायत राहत वितरण गरेको छ ।

पीडित १७४ परिवारलाई लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनबाट प्राप्त अमेरिकी १० हजार डलर बराबरको खाद्यान्न, भांडाकुंडा, ओढ्नेओछ्याउने तथा लुगाफाटा, टर्च लाईट, त्रिपाल, भिटामिन सि सहितको सामग्री वितरण गरिएको वितरण गरेको छ ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला, डिस्ट्रिक गभर्नर टंकबहादुर श्रेष्ठ पीएमजेएफ, पूर्व डिस्ट्रिक गभर्नर एवम् हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, पूर्व डिस्ट्रिक गभर्नर हंगर रिलिफ मल्टिपल काेअर्डिनेटर कुमारराज सुवेदी,एरिया लिडर लायन अच्युत बिष्ट, एरिया काेअर्डिनेटर पेमा छिरिङ् शेर्प, जी एम टि  लायन धर्म शरण श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट लायन सुमन तिवारी साथै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, उपमेयर सुशिला पाख्रिन लगायत लाइन्स क्लबस इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ का  बिभिन्न लायन्स क्लबमा आवद्द लायन्स लिडर तथा सदस्यहरु गरि करिब ६५ जना लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो ।

भिडियो :- 

 

फोटो फिचर :