आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

‘प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा’

गोकर्णेश्वर खबर१ आश्विन २०७७, बिहीबार ०९:३३ मा प्रकाशित (३ साल अघि) २९३ पाठक संख्या

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन : चार वर्षे कार्यकालका लागि प्रस्ताव गरेको जानकारी दिएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको उनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले जानकारी दिए ।

‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ’, चापागाईंले भनेका छन्, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु।’